१२ असोज सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा सरोकारवाला सँग वार्षिक समीक्षा प्रतिविम्बन बैठक कार्यक्रम सम्पन्न भएको छ । विकास कोष नर्वेको सहयोग र सिविओ विकास केन्द्र कैलालीको आयोजनामा कार्यक्रम भएको थियो । सिविओ विकास केन्द्रले घोडाघोडी नगरपालिकामा पोषण र स्याहार अभ्यासमा सुधार ल्याउन गरिएका कार्यक्रमहरूको बारेमा जानकारी गराइएको थियो । सरोकारवाला सँग वार्षिक समीक्षा प्रतिविम्बन बैठक कार्यक्रम हुनु पूर्व किसानको उत्पादनमा विविधता र उत्पादकत्व बढाउन गरिएका सहयोगहरूको बारेमा फिल्डमा गएर प्रत्यक्ष अध्ययन अवलोकन गरीएको थियो ।
पोषण र स्याहार अभ्यासमा सुधार ल्याउन सिविओ विकास केन्द्र कैलाली मार्फत सञ्चालित दिगो जिविको पार्जनमा सीमान्तकृत समुदायको पहुँच परियोजनाले एक दिने पोषण र खाना व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम, पोषण मेला तथा पोषण, शिशु स्याहार र सरसफाइ सम्बन्धी कार्यक्रम,दुई दिने घर वगैचा व्यवस्थापन तथा जैविक खेती तालिम,फलफूल बिरुवा सहयोग कार्यक्रम र मिनिकिट बिउँ सहयोग कार्यक्रम र पोषण पाठशाला सञ्चालन गरेको थियो । त्यस्तै एक दिने धान खेती तालिम र बिउँ सहयोग कार्यक्रम, एक दिने आलु खेती तालिम र उन्नत बिउँ सहयोग कार्यक्रम, खोर सुधार सहित पशु पाठशाला कार्यक्रम, नयाँ उन्नत हेमसायर जातको बङ्गुर सहयोग र प्लास्टिक टनेल सहयोग परियोजनाले गरेको थियो ।
अध्ययन अवलोकन पश्यात सहभागीहरू सँग छलफल गरीएको थियो । दिगो जिविको पार्जनमा सीमान्तकृत समुदायको पहुँच परियोजनाले सन २०२४ मा विपन्न घरधुरीको पोषण र स्याहार अभ्यासमा सुधार ल्याउन गरिएका कार्यक्रमहरूको उपलब्धिको बारेमा समेत जानकारी दिएको थियो । दैनिक जीवनमा उपभोग गर्नु पर्ने ४ प्रकारका पौष्टिक खानाहरू घरमै उत्पादन गरी परिवारलाई खुवाउन थालेका,नवजात शिशु र गर्भवती महिलालाई खुवाउनु पर्ने पोषिलो खाना र लगाइने खोपहरू बारे पनि सजग बनेका,मातृशिशु स्याहार र सरसफाईका बारेमा बुझ्ने,पौष्टिक तत्त्व पाइने विषादी रहित खानाको महत्त्व बुझेका र मौसम तथा बेमौसममा पनि घरमै तरकारी उत्पादन गरी खान थालेको परियोजनाले जनाएको छ ।
सिविओ विकास केन्द्र कैलालीद्वारा सञ्चालित दिगो जिविको पार्जनमा सीमान्तकृत समुदायको पहुँच परियोजना कार्यक्रम व्यवस्थापक ज्ञानु प्रसाद तिवारीले सहभागीहरूलाई यस बारेमा जानकारी गराएका थिए । परियोजनाहरूको प्रस्तुतीकरण पश्यास सहभागी वक्ताहरूले विभिन्न सुझाव तथा टिप्पणी समेत गरेका थिए । घोडाघोडी नगरपालिकाका उप प्रमुख गुलिया कुमारी चौधरीले परियोजनाले नगरपालिकामा उल्लेखनीय प्रगति गरेको बताउनुहुँदै वडादेखि बस्ती स्तरसम्म यस परियोजनाको थप सहयोग र विस्तार आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले गैरसरकारी संस्थाले ल्याएको परिवर्तनको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरू, कृषि, पशु, रोजगार शाखाका प्रमुखहरू, पत्रकार, सिविओ विकास केन्द्र कैलाली कर्मचारीहरूको सहभागी रहेको थियो । नर्वेको आर्थिक सहयोगमा दिगो जिविको पार्जनमा विपन्न समुदायको पहुँच परियोजना अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ ।
Call : +977 - 91 - 506063
Email : cbodckailali@yahoo.com
Website : www.cbodckailali.org.np
Contact Person 1 :- Tek Bdr Saru Magar/9848461345
Contact Person 2 :- Gyanu Prasad Tiwari/9848593087