LOGO

Community Based Organization Development Center

Wel-being of marginalized people based on Food security and human rights including the women empowerment

Back

सिबिओ बिकास केन्द्र कैलालीको दिगो जिविकोपार्जनमा सीमान्तकृत समुदायको पहुच सुलभ दोश्रो  à¤ªà¤°à¤¿à¤¯à¥‹à¤œà¤¨à¤¾à¤•ो  सरोकारवालासँग वार्षिक समीक्षा तथा प्रतिबिम्बन बैठक आइतवार धनगढी उपमहानगरपालिकाको उर्मामा सम्पन्न भएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष सुकदेव रानाले  सिबिओ बिकास केन्द्रले समुदायको हितमा असल अभ्यास गरेकोले  वडा कार्यालय पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
वडा नम्बर १७ का अध्यक्ष माधव रानाले  समुदायको आय आर्जन बृद्धिका लागि तरकारी खेतीमा वडाले पनि प्राथमिकता दिएको बताउदै उदेश्य मिलेको हदसम्म वडा कार्यालयसँग सहकार्यगरेर काम गर्न सिबिओसँग आग्रह गरे ।
धनगढी उपमहानगरपालिकाका पशु सेवा अधिकृत पदम बहादुर रौलेले स्वास्थ्यका लागि आवश्यक पर्ने सबै  खानेकुराहरु एउटै बारीमा उत्पादन गर्ने अवधारणा राम्रो रहेको बताए ।
धनगढी उपमहानगरपालिकाका सामाजिक शाखाका प्राविधिक सहायक केशव भट्टले तरकारी खेती गर्दा प्राविधिक पक्षमा पनि जानकारी राखेर काम गर्नु पर्ने बताए । उपमहानगरपालिकामा सम्पर्क गरेर आवश्यक जानकारी लिन सकिने उनले बताए ।
सिबिओ बिकास केन्द्रका कार्यक्रम व्यस्थापक ज्ञानु प्रसाद तिवारीले परियोजनाले समुदायको खाना खाने व्यवहारमा सुधार ल्याएको, बंगुर पालन, बाख्रा पालन, तरकारी खेती मार्फत समुदायको आय आर्जनमा बृद्धि भएको बताए ।
परियोजनामा आवद्ध भएका महिलाहरुको नेतृत्व सीप बिकास भएको, सहकारीको  कारोवा बढेको र सहकारी सबैको अभिभावक बनेको बताए ।
कार्यक्रम सिबिओ बिकास केन्द्रका अध्यक्ष टेक बहादुर सारु मगरको अध्यक्षतामा भएको थियो । सुलभ दोश्रो  सिबिओ बिकास केन्द्रले सन् २०२१ अप्रिलदेखि देखि सुलभ दोश्रो परियोजना सँचालन गर्दै आएको छ ।  परियोजना धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५,१६, १७, मोहन्याल  गाउपालिकाका  ३ वडा, घोडाघोडी नगरपालिकाका ६ वडा  र कैलारी गाउपालिकाका २ वडामा संचालन भैरहेको छ ।

 


   LOCATION

Community Based Organization Development Center
Godawari-8, Majgaun, Kailali
Provision no, 7, Nepal

Call : +977 - 91 - 506063 
Email : cbodckailali@yahoo.com
Website : www.cbodckailali.org.np 

Contact Person 1 :- Tek Bdr Saru Magar/9848461345

Contact Person 2 :- Gyanu Prasad Tiwari/9848593087

   DONATE US

   SOCIAL CONNECT

       
© 2019 - Copyright all right reserved by : cbodckailali.org.np
Powered by P H Solution
Deneme Bonusu Veren Siteler
Snus Turkey