LOGO

Community Based Organization Development Center

Wel-being of marginalized people based on Food security and human rights including the women empowerment

घोडाघोडीमा सुलभ परियोजनाद्धारा सञ्चालित कार्यक्रमहरूको अनुगमनBack

१२ पुस, सुखड । à¤•à¥ˆà¤²à¤¾à¤²à¥€à¤•à¥‹ घोडाघोडी नगरपालिका भित्र संचालन भएका सि.बि.ओ. विकाश केन्द्रका कार्यक्रमहरूको अनुगमन गरीएको छ । सि.बि.ओ. विकाश केन्द्रको आयोजना र विकास कोष नर्वे सहयोगमा सञ्चालित दिगो जीविकोपार्जनमा सीमान्तकृत समुदायको पहुँच (सुलभ) परियोजनाका कार्यक्रमहरूको स्थलगत रुपमा अनुगमन गरीएको छ । 
 
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, सम्बन्धित वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख, सि.बि.ओ. विकाश केन्द्र कर्मचारी र पत्रकाहरुको टोलीले परियोजनाले संचालन गरेका कार्यक्रमहरूको स्थलगत रुपमा अनुगमन गरीएको हो ।  वडा नम्बर १, २ र ४ मा परियोजनाले निःशुल्क रुपमा दिएका ठेला पसल, सिलाई कटाई पसल, आलु खेती र बङ्गुर पालन व्यवसायको अनुगमन गरीएको हो ।
 
सन्देश चौधरी ठेला पसल जुरपानि,जोनिशा सिलाई सेन्टर साडेपानि,दिपज्योती महिला समुह बेलार र सम्झना महिला कृषक समुह मैतुवामा गएर टोलीले अनुगमन गरेको छ । सीमान्तकृत समुदायले संचालन गरेका व्यवसायहरूको अनुगमन गर्दा उनीहरू दिएको सिप र सामानको सही सदुपयोग गरेको नगर उप प्रमुख प्रेम कुमारी थापाको भनाई छ । संस्थाहरूले दिएका तालिम र सामाग्रीहरूको सही सदुपयोग भएको उनले बताए ।
 
नास्ता पकाउने तालिम, सिलाई कटाई तालिम  र अन्य अनुदानले गर्दा सीमान्तकृत समुदायका व्यक्तिहरूले राम्रो आम्दानी गरेको अनुगमनका क्रममा आफूले पाएको उप प्रमुख थापाको भनाई छ । संस्थाले कृषकहरूलाई निःशुल्क रुपमा बेसार खेती, गहुँ खेती, फलफूल खेती , च्याउ खेतीको तालिम लगायत उन्नत जातका बिउ बिजन दिएको संस्थाका अध्यक्ष रूप बहादुर चौधरीले जानकारी दिएका छन् ।
 
साथै बङ्गुर पालन तालिम, सिलाई कटाई तालिम, नास्ता पकाउने तालिम समेत दिएको उनले जानकारी दिए । सि .वि.ओ. विकास केन्द्रले दिएको नास्ता पकाउने तालिम र अनुदानले गर्दा पछिल्लो समयमा घर खर्च चलाउन निकै सहज भएको सिमान्तृक समुदायका व्यक्तिहरूको भनाई छ । दिगो जीविकोपार्जनमा सीमान्तकृत समुदायको पहुँच (सुलभ) परियोजनाले घोडाघोडी नगरपालिकामा काम गर्दे आएको छ । यसले आदर्श कृषि सहकारी संस्था साडेपानि र राम शिखर कृषि सहकारी संस्था शिखरझाला सँग साझेदारीका रुपमा काम गरिरहेको छ ।


   LOCATION

Community Based Organization Development Center
Godawari-8, Majgaun, Kailali
Provision no, 7, Nepal

Call : +977 - 91 - 506063 
Email : cbodckailali@yahoo.com
Website : www.cbodckailali.org.np 

Contact Person 1 :- Rup Narayan Chaudhary/9868297694

Contact Person 2 :- Gyanu Prasad Tiwari/9848593087

   DONATE US

   SOCIAL CONNECT

       
© 2019 - Copyright all right reserved by : cbodckailali.org.np
Powered by P H Solution