LOGO

Community Based Organization Development Center

Wel-being of marginalized people based on Food security and human rights including the women empowerment

१३ औ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्नBack

२०७६ साल भाद्र २६ गतेका दिन राधा ओलीको सभाध्यक्षता, स्वदेशु चौधरीको प्रमुख आतिथ्यमा सिविओ विकास केन्द्रको १३ औ साधारण सभा फुलवारीको स्वयम जागृति समाजको हलमा सम्पन्न भएको छ । साधारण सभामा सिविओको संस्थागत क्षमता विकास र परियोजना सफल वनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने  कार्यक्रम सहजकर्ताहरु श्री शेर वहादुर वोगटी, श्री खेमानन्द खनाल, श्री लाल वहादुर चौधरी र श्री गोपिलाल चौधरीलाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरिएको थियो । सशक्तिकरण मुल समितिका कार्यक्रम सहजकर्ता स्व. प्रेम वहादुर थापाको सम्झनामा  १ मिनेट माैन धारणा गरिएको  थियो । 
सम्मान गर्ने क्रममा लामो समय योगदान गर्ने कर्मचारीको रुपमा श्री ज्ञानु प्रसाद तिवारीलाई पनी सम्मान सहित प्रसंशा पत्र प्रदान गरिएको थियो । à¤¸à¤¾à¤§à¤¾à¤°à¤£ सभावाट शेर वहादुर वोगटीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिले सहमती प्रक्रिया मार्फत रुपनारायण चौधरीको नेतृत्वमा १० सदस्यीय नया कार्यसमितीको चयन गरेको छ । उपाध्यक्षमा चन्की चौधरी, सचिवमा सुप्रिना चौधरी, कोषाध्यक्षमा मनवारु चौधरी, सहसचिवमा कलावती साउँद र सदस्यमा दल वहादुर नेपाली, हरिनारायण राना, सुस्मीता चौधरी, गुलावी चौधरी, तुलसीराम चौधरी चयन भएका छन । नया कार्यसमितीलाई प्रेम वोगटी, शेरवहादुर वोगटी, राधा ओली र स्वदेशु चौधरीले कार्यकालको शुभकामना दिनु भएको थियो । साधारण सभाको खुल्ला सत्र संचालन लेखापाल ईन्दु शाहले संचालन गर्नु भएको थियो भने वन्द सत्र कार्यक्रम व्यवस्थापक ज्ञानु प्रसाद तिवारीले संचालन गर्नु भएको थियो ।


   LOCATION

Community Based Organization Development Center
Godawari-8, Majgaun, Kailali
Provision no, 7, Nepal

Call : +977 - 91 - 506063 
Email : cbodckailali@yahoo.com
Website : www.cbodckailali.org.np 

Contact Person 1 :- Rup Narayan Chaudhary/9868297694

Contact Person 2 :- Gyanu Prasad Tiwari/9848593087

   DONATE US

   SOCIAL CONNECT

       
© 2019 - Copyright all right reserved by : cbodckailali.org.np
Powered by P H Solution